बाढीले बगाएको गैँडा सुस्तामा भेटियो

नवलपुर टुडे

सारांश
चितवन । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट एउटा गैँडा नारायणी नदीमा बगेर सुस्ता पुगेको छ । अन्दाजी पाँच वर्षको गैँडा सुस्ता गाउँपालिका–४ मा सोमबार बिहान देखिएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले बगेर सुस्ता पुगेको सूचना पाएलगत्तै गैँडाको निगरानीको काम थालिएको बताए । उनले भने, “गैँडाको रेकी भइरहेको छ । उद्धार गरेर हामी ल्याउने तयारीमा छौँ ।” गैँडालाई डार्ट गरेर बेहोस बनाइ डुंगामा वा भारतीय बाटो हुँदै ल्याउनुपर्ने हुन्छ । सुस्ता नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)मा पर्दछ । त्यहाँ पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने हुन्छ ।
नारायणी नदीमा शनिबार र आइतबार बाढी आउँदा नदीतटीय क्षेत्रबाट गैँडा बगाएको जनाइएको छ । नदीले बगाएर अन्य गैँडासहितका वन्यजन्तु भारत पुर्याएको हुन सक्ने अनुमान छ । यसअघि वि.सं. २०७४ साउन २८ गते राप्ती र नारायणी नदीमा बाढी आउँदा धेरै गैँडा बगेर सुस्ता हुँदै भारतीय भूमि पुगेका थिए । निकुञ्जका तत्कालीन प्रमुख संरक्षण अधिकृत सह–सचिव डा. रामचन्द्र कडेँलका अनुसार, तत्कालीन समयमा भारतीय भूमिमा पुगेका १२ गैँडा उद्धार गरी ल्याइएको थियो ।
भारतको वाल्मीकि टाइगर रिजर्भका अधिकारीहरूसँगको पुरानो चिनजानका कारणले गैँडा ल्याउने काममा भारतका तर्फबाट सहजीकरण भएको उनले बताए । यस वर्षको बाढी ठूलो भएकाले भारतसम्म गैँडा पुगेको हुन सक्ने आकलन गरिएको छ ।
यस वर्ष शनिबार र आइतबारको बाढीमा राप्ती नदीको मेघौली, खैरहनी लगायतका क्षेत्रमा बगेका गैँडा आफैँ उत्रिएको निकुञ्जले जनाएको छ । एउटा मृगलाई भरतपुर महानगरपालिका–१७, शिसुवारबाट उद्धार गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा ६९४ गैँडा रहेको पछिल्लो गणनामा उल्लेख छ ।

सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस, फेरि मिचियो वरियता

जिल्ला अदालत काठमाडौँले दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश

सुस्तामा दीर्घकालीन तटबन्धका लागि मन्त्रिपरिषद्मा बहुवर्षीय बजेटको माग

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले गरे नवनिर्मित विद्यालय भवनको उद्घाटन

पुर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले सहमहामन्त्री पदमा दिए उम्मेदवारी
अरुपनि पढ्नुहोस
सबै
काठमाडौंसहित यी पाँच प्रदेशमा असिनापानी र हावाहुरी

विश्वप्रकाश शर्माले वारिसमार्फत दर्ता गराए वरिष्ठ उपसभापतिमा उम्मेदवारी

दसैँका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी















