राजनीति

भीम रावलले गराए अध्यक्षमा उम्मेदवारी दर्ता

जगत ठाडा मगर
२०७८ मंसिर १३ | बिहान ०९:०८ बजे

चितवन । एमालेको जारी १०औं राष्ट्रिय महाधिवेशनमा भिम रावलले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । सोमबार बिहान रावलले दशौं महाधिवेशनमा अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्तापछि उनले हरेक महाधिवेशन प्रतिनिधिलाई पदमा उठ्ने अधिकार रहेको बताउदै आफ्नो अधिकार प्रयोग गरेर उम्मेदवारी दर्ता गराएको समेत जानकारी गराए । पार्टीमा कुनै समूह नभएकाले उनले एक्लै उम्मेदवारी दिएका हुन् ।

सर्वसम्मत नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि एमाले नेताद्वय केपी शर्मा ओली र भीम रावल अध्यक्ष पदमा लड्ने भएका छन् । चितवनमा जारी एमालेको दशौं महाधिवेशनमा आइतबार दिनभर रावललाई मिलाउन नेताहरुले निकै मेहनत गरेका थिए । तर, रावलले अध्यक्षमा उठ्ने अडान छोडेनन् ।

ओली स्वयं र बेला बेला उनका दूतहरुले पनि रावललाई यो र त्यो पद दिने भन्दै सहमतिमा आउन दबाब दिइरहे । रावल सहमतिमा नआएपछि ओली सर्वसम्मत अध्यक्ष हुन नपाउने भएका छन् ।

कमेन्टहरु