दोलखा–सिंगटी सडक खण्डमा स्थानियको अबरोधपछि यातायात ठप्प


दोलखा । दोलखामा निर्माण सेवाले जिम्मेवारी पाएको दोलखा–सिंगटी सडक निर्माणमा कम्पनी र ठेकेदारको चरम लापरबाहीको कारणले स्थानीयहरु आन्दोलनमा उत्रिएर सडक अबरोध गर्दा यातायात संचालन बन्द भएको छ ।
यता सम्बन्धित निकायले बेलामा वास्ता नगर्दा जिल्ला प्रशासन कार्यालयले छलफल गर्ने तयारी गरेको छ । स्वच्छन्द निर्माण सेवाले जिम्मेवारी पाएको दोलखा–सिंगटी सडक निर्माणमा कम्पनी र ठेकेदारले चरम लापरबाही गरेको छ ।
सडकको कालोपत्रे गर्ने कार्य गुणस्तरहीन र वातावरणमैत्री तथा बालमैत्री नभएको, स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरी बर्षामा अत्याधिक हिलो हुने र हिउँदमा अत्याधिक धुलो उड्ने, ढल निकास पूर्ण रुपमा बन्द भएकोले सास्ती खेप्न बाध्य नागरिकहरु आक्रोषित भई आन्दोलनमा उत्रिएको हो ।
जिम्मेवारी निकाय र ठेकेदारको बेवास्ताले गर्दा स्थानियहरु आन्दोलनमा उत्रिनु पर्ने बाध्य भएको स्थानिय व्यावसाय नवीन श्रेष्ठले बताउनु भयो । हाल उक्त क्षेत्रमा इलाका प्रहरी कार्यालय सिंगटीबाट प्रहरी टोली खटिएको छ ।






















