कपिलवस्तुमा जसपा नेपालको संगठन शुद्धिकरण तथा जनजागरण अभिमुखीकरण अभियान कार्यक्रम सम्पन्न


कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नम्बर ११ मा जसपा नेपालको संगठन शुद्धिकरण तथा जनजागरण अभिमुखीकरण अभियान कार्यक्रम सम्पन्न भएको छ ।
उक्त भेलाबाट वडा स्तरीय वडा समितिमा रेखा श्रीवास्तवको अध्यक्षतामा ६८ जनाको समिति, समाजवादी महिला संघमा गिल रैदास अध्यक्ष रहने गरि १२ सदस्य र समाजवादी युवा संघ वार्ड समितिमा राजकुमार चौहानको नेतृत्वमा १७ सदस्य सर्वसम्मत कमिटी गठन भएको छ ।
जीवन लाल श्रीवास्तवको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख अतिथिमा जसपा नेपालको लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठान, विशिष्ट अतिथिमा जसपा नेपाल प्रदेश सदस्य रामसेवक यादव, जसपा नेपाल कपिलवस्तु जिल्ला कोषाध्यक्ष आरती सिंह यादव, अतिथिमा नगर सचिव जगमोहन बरई, राहुल पांडेय, रोहित यादव, गंगा यादव, नसीम खान, रफीक मिर्ज़ा, संचालन बजरंगी गुप्ता, निखिल पाठक लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अकरम पठानले पार्टीलाई सबै मिलेर मजबूत बनाएर लैजानु पर्ने बताउनुभयो । कार्यक्रममा निखिल पाठक, सीताराम रैदास, रेखा श्रीवास्तव, रोहित यादव, रफिक वेग लगायतले आ-आफ्नो मन्तव्य राखनुभयो ।
कार्यक्रममा सयौँको संख्यामा पार्टी समर्थकहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सम्पूर्ण जानकारी प्रदेश प्रवक्ता अकरम पठानले दिनुभयो ।






















