Opens in a new tab

राजनीति

विधिवत रूपमा एमालेमा जनवाद सकियो, ओलीको डनवादमात्र बाँकी छ : गगन थापा

जगत ठाडा मगर
२०७८ मंसिर १२ | मध्यान्ह ०३:०८ बजे

काठमाडौ । नेपाली कांग्रेसका नेता गगन थापाले नेकपा एमालेमा विधिवत रूपमा जनवाद सकिएर केपी ओलीको डनवाद सुरु भएको टिप्पणी गरेका छन् । आइतबार कांग्रेस काठमाडौं जिल्ला कार्य समितिको अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै नेता थापाले यस्तो बताएका हुन् ।

केपी ओलीले आफ्नो कार्यकालमा गरेका काम हेर्दा उनी कम्बोडियाका प्रधानमन्त्री हुन सेनजस्तो लागेको भन्दै थापाले ओलीको आदर्शपुरुष हुन सेन रहेको बताए । हुन सेनको विरुद्धमा लेख्ने र बोल्नेले आफ्नो काम छाडेर बिदा हुनुपरेको उल्लेख गर्दै उनले ओलीको विपक्षमा खडा हुने व्यक्ति भीम रावल जसरी मञ्चबाट नै लेखिटिने बताए ।

‘बन्दसत्र कस्तो भइरहेको रहेछ भनेर जान्न चासो लाग्यो । त्यो पनि बन्द सेसन होइन, एक प्रकारले ओली सेसन नै चलिरहेको थियो,’ नेता थापाले भने, ‘नारायणीको किनारमा त्यहाँ कोही पनि मानिस स्वतन्त्र भएका छैनन् । त्यहाँ प्रतिस्पर्धा चलिरहेको छ । त्यो प्रतिस्पर्धामा भाग लिन्नँ भनेर एकजना उठेछन्, भीम रावल । भीम रावलले झन्डै भकुराइ खाएर, झन्डै पिटाइ खाएर अहिले हाम्रा प्रहरीले भीम रावल बसेको होटेललाई सुरक्षा दिइरहेको अवस्था छ । विधिवत् रूपमा नेपाल कम्युनिस्ट पार्टी एमालेबाट हिजोदेखि जनवाद सकियो, त्यहाँ अब केपी ओलीको डनवाद मात्रै बाँकी छ।’

थापाले चितवन महाधिवेशनपछि नेतृत्वमा आएको नेकपा एमालेलाई कांग्रेसले तह लगाउने चेतावनी समेत दिएका छन् । अहिले एमाले बरालिएको भन्दै उनले बरालिएको एमालेलाई सही ठाउँमा ल्याएर प्रतिस्पर्धा गर्ने ल्याकत कांग्रेसले राख्नुपर्ने बताए ।

कमेन्टहरु