देश

सर्लाहीमा दुई छोराछोरीसहित एक महिला मृत फेला

जगत ठाडा मगर
२०७८ मंसिर १२ | मध्यान्ह ०३:०८ बजे

जनकपुरधाम । सर्लाहीको बरहथवा नगरपालिकामा दुई छोराछोरीसहित एक महिला आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी छिन् ।

जिल्लाको बरहथवा–१ हजरिया निवासी शिव हजारीकी २६ बर्षीया पत्नी कविता घरभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । भने कविताका ४ बर्षीय छोरा र ६ वर्षीया छोरी उनी झुण्डिए नजिकै तल भुइँमा मृत फेला परेका छन् ।

मृतक कविताका श्रीमान विगत चार बर्षदेखि रोजगारका शिलशिलामा बाहिर छन् । मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा लगिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

तीनै जनाको मृत्युबारे अनुसन्धान भइरहेको प्रवक्ता बुढाथोकीले बताए ।

कमेन्टहरु