राजनीति

पूर्वमाओवादी नेताहरुसँग अध्यक्ष ओलीको छलफल

जगत ठाडा मगर
२०७८ मंसिर १२ | मध्यान्ह ०२:०८ बजे

चितवन । सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न विहानैदेखि छलफलमा जुटेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व माओवादी पृष्ठभूमिका एमाले नेताहरुसँग छलफल गरेका छन् ।

आइतबार उनले लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह लगायतका नेतासँग छलफल गरेका हुन् । ओलीले आफू बसेकै होटलमा उनीहरुलाई बोलाएर नयाँ नेतृत्व चयन प्रक्रिया र उनीहरुका आकांक्षाबारे चासो राखेको स्रोत जनाएको छ । ओलीले सहमतिबाटै नेतृत्व चयन गर्ने प्रयासस्वरुप बिहानैदेखि पार्टीका विभिन्न नेताहरुसँग छुट्टाछुट्टै छलफल गर्दै आएका छन् ।

छलफलमा पूर्व माओवादी नेताहरुले आफूहरु पनि सहमतिबाटै नेतृत्व चयन होस् भन्ने पक्षमा रहेको र सहमतिमै नेतृत्व चयन गर्दा आफूहरुको उपस्थिति पनि सम्मानजनक होस् भन्ने आकांक्षा आफूहरुले राखेको उनीहरुले बताए ।

कमेन्टहरु