देश

सर्लाहीमा दुई सन्तानसहित एक महिला मृत फेला

जगत ठाडा मगर
२०७८ मंसिर १२ | मध्यान्ह ०१:०८ बजे

सर्लाही । सर्लाहीको बरहथवामा दुई सन्तानसहित एक महिला मृत फेला परेकी छन् । बरहथवा नगरपालिका-१, स्थित नयाँ बजार बस्ने शिव हजाराकी श्रीमती अन्दाजी २५-२६ वर्षकी कविता हजारा, अन्दाजी ६ वर्षकी एक छोरी र चार वर्षका एक छोरा आइतबार मृत फेला परेका हुन् ।

महिला घरमै झुन्डिएको अवस्था र बालबालिका भुइँमा लडिरहेको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुडाथोकीले नवलपुर टुडेलाई जानकारी दिए । बिहान सवेरै स्थानीयले झुन्डिएको अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी लगत्तै घटनास्थल पुगेको टोलीले मुचुल्का तयार गरेर शव परीक्षणका लागि जिल्ला अस्पताल मलंगवा पुर्‍याएको छ ।

श्रीमान् शिव केही वर्षयता वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका स्थानीयले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । एकै परिवारका तीन जना मृत फेला परेपछि नयाँ बजार क्षेत्र यतिवेला शाेकमा डुबेको छ । पोष्टमार्टक रिपाेर्टपछि मात्र घटनाका विषयमा भन्न सकिने प्रहरीको भनाइ छ ।

 

कमेन्टहरु