देश

निर्मला कुर्मी र बनन्कुन्नीदेवी धोबीको ‘हत्या’को न्याय माग्दै माइतीघरमा धर्ना

जगत ठाडा मगर
२०७८ मंसिर १२ | मध्यान्ह ०२:०८ बजे

काठमाडौं । नेपालगन्जकी निर्मला कुर्मी र बाँकेका नन्कुन्नीदेवी धोबीको ‘हत्या’को न्याय माग्दै माइतीघरमा रुबि खानको समूह फेरि धर्नामा बसेका छन् । चार दिनअघिदेखि काठमाडौंको माइतीघरमा खानको समूहले धर्ना सुरु गरेको हो ।

उनीहरू गत मंसिर ९ गतेदेखि अनिश्चितकालसम्मका लागि धर्नामा बसेका छन् । गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा बनेको छानबिन समितिले बुझाएको प्रतिवेदनमा सन्तुष्ट भए पनि न्यान दिन ढिलाइ गरेकोले धर्नामा उत्रिनुपरेको खानले बताइन् ।

घटनामा सातजना आरोपित पक्राउ परे पनि मुख्य आरोपित भने अझै पक्राउ नपरेको उनको भनाइ छ । अदालतले बादशा कुर्मीका नाममा पक्राउ पुर्जी जारी गर्दा पनि उनलाई पक्राउ नगरेको उनले बताइन् ।

निर्मला कुर्मीको हत्याका मुख्य आरोपित बादशालाई पक्राउ गरी कानुनबमोजिम सजाय दिलाउन र निर्मलाको सम्पत्ति राष्ट्रियकरण गर्न माग रहेको खानले बताइन् ।

कमेन्टहरु