राजनीति

चितवनमा एमाले महाधिवेशन : उद्घाटनसत्र अघि ११ बजे यि स्थानबाट निस्कनेछन् जुलुस

जगत ठाडा मगर
२०७८ मंसिर १० | बिहान १०:०८ बजे

चितवन । नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्र अघि विशाल र्‍याली निकालिदै छ । बाहिरी जिल्लाबाट आएकाहरुसहितको मुल जुलस विहान ११ बजेदेखि निस्कने छ ।

जनजातिहरुको झाँकी, बाजा सहितको ¥याली पनि निकाल्ने गरिएको छ । जातीय संगठनहरुले टोल टोलबाट समन्वय गरी विभिन्न जनजातीको भेषभुषा सहितको ¥याली सहभागी हुने एमाले चितवनकी अध्यक्ष पार्वती रावलले बताइन् ।

चेपाङ, थारु, गुरुङ, तामाङ, मगर लगायतका जनजातिको झाँकीहरु आउनेछन् । पोखरा, काठमाडौंबाट आएका कार्यकर्ता सहभागी भएको जुलुस आँपटारीबाट निस्कने छ । यसको नेतृत्व रावल आफैं तथा कृष्णभक्त पोखरेल लगायतले गर्नेछन् ।

पूर्वीनेपालबाट आउनेहरुको केन्द्रीय बस ट्रमिनलबाट जुलुस निस्कने छ । नेता काशिनाथ अधिकारी, विजय सुवेदी, जगन्नाथ थपलिया लगायतले त्यसको नेतृत्व गर्नेछन् ।

मुल जुलसहरुमा केन्द्रीय शीर्षनेताहरुको पनि सहभागिता हुनेछ । उद्घाटनस्थल नारायणी नदी किनारमा विहानैदेखि सर्वसाधरण, नेता, कार्यकर्ताहरुको चहलपहल बढेको छ ।

कमेन्टहरु