माओवादी केन्द्र दोलखा लादुकको वडा सम्मेलन सम्पन्न

जगत ठाडा मगर
२०७८ मंसिर १० | बिहान ०७:०८ बजे

दोलखा । नेकपा माओबादी केन्द्र लादुकको वडा सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ। अध्यक्ष भानु क्षेत्रीको सभापतित्वमा सम्पन्न भएको हो।
कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश सदस्य माननीय बिशाल खडकाको उपस्थित थियो भने बिशिस्ट अतिथि दोलखा जिल्ला संयोजक कुल बहादुर बुढाथोकी (रोसन) र पालिका इन्चार्ज सन्जिब ओली, अध्यक्ष रमेश ठकुरी र बुक्तम तामाङ लगाएतको उपस्थीति थियो भने कार्यक्रममा ४०० बढी उपस्थिति रह्यो उक्त कार्यक्रममा १०० भन्दा बढी कांग्रेश एमाले परित्याग गरी स्थानिय नेता कार्यकर्ता माओबादी केन्द्र प्रवेश गरेका थिए ।
उक्त सम्मेलनले ३५ जनाको वडा समिति निर्वाचित गरेको छ भने वाइसियल, महिला र विद्यार्थीको समेत वडा स्तरिय समितिहरु गठन गरेको छ ।






















