राजनीति

वन तथा वातावरण मन्त्रीको प्रमुख अतिथ्यमा बृहत् पार्टी प्रवेश कार्यक्रम आयोजना

जगत ठाडा मगर
२०७८ मंसिर ९ | मध्यान्ह ०९:०८ बजे

मेवालाल यादव
रौतहट । मङ्सिर १४ गतेको दिन रौतहटको माधोपुर बजारमा वन तथा वातावरण मंन्त्री रामसहाय यादवको प्रमुख अतिथ्यमा बृहत् पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिएको छ।

माधवनारायन नगरपालिका अन्तर्गत रहेको माधोपुर बजार स्थित जनता समाजवादी पार्टी नेपालको आयोजनामा बृहत् पार्टी प्रवेश कार्यक्रम हुन गईरहेकोमा नेपाल सरकारका वन तथा वातावरण मन्त्री यादवको प्रमुख अतिथिमा बहुसङ्ख्यक समुदाय उपस्थितका लागि सम्पुर्ण जनसमुदायमा जसपा पार्टीले आह्वान गरेका छन्।

बृहत पार्टी प्रवेश तथा ३०औं अपांग दिवसको अवसरमा अपाङ्गहरुलाई सहयोग सामग्री बितरण हुने श्रोतले जनाएका छन् ।

कमेन्टहरु