Opens in a new tab

समाज

आजदेखि सरावल गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान सुरु

जगत ठाडा मगर
२०७८ मंसिर ९ | मध्यान्ह ०८:०८ बजे

सुरेश यादव

नवलपरासी / मंसिर ९ । आज पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान घरबाटै सुरु गराैं, महिला हिंसा अन्त्य गराैं भन्ने मुल नाराका साथ सुरु भएकाे छ । सरावल गाउँपालिकाकाे आयाेजना तथा समन्वय एवम् स्ट्राेम फाउन्डेसन नेपाल, ए.वि.सि नेपाल नवलपरासी, बेस नेपाल, सुआहारा बेस नेपालकाे सहयोगमा अभियान सुरु गरिएको हाे ।

सरावल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलकाे अध्यक्षता तथा जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका उपप्रमुख अब्दुल रहमान चुरिहारकाे प्रमुख आतिथ्यता एवम् सरावल गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष अनेन्द्रनाथ रायकाे विशिष्ट आतिथ्यतामा १६ दिने अभियान सुरु भएकाे हाे ।

अभियान कार्यक्रममा सरावल गाउँपालिकाका याेजना शाखा प्रमुख राजन बस्याल, स्वास्थ्य शाखा प्रमुख ओम नारायण देवकोटा, प्रशासन शाखा प्रमुख देशकान्त बस्याल, गाेबरहिया प्रहरी चाैकीका हवल्दार लाेक बहादुर थापा, पत्रकार सुरेश यादव, महेश यादव, ए. वि.सि. नेपालकि प्रतिनिधि साईदा निशा पठान, सरावल गाउँपालिकाकी कार्यपालिका सदस्य निन्दा धाेबी र बेस नेपालकी राधाकुमारी पंजियार लगायतकाे उपस्थिति रहेकाे कार्यक्रम सञ्चालिका दुर्गा विकले जानकारी दिनुभयाे ।

कमेन्टहरु