प्रदेश सरकारको साईकल वितरण कार्यक्रम प्रभावकारी रहेको छ : जसपा नेता यादव


महेश सिंह
सिरहा लहान ९ मंसिर । श्री माध्यमिक बिद्यालय हनुमानगरका २९ छात्रालाई साईकल सहयोग गरेका छन् । लहान नगरपालिका वडा नम्बर २० ब्राह्मण गौछाडीस्थित रहेको श्री माध्यमिक बिद्यालय हनुमानगर स्कुलमा अध्ययनरत ८ कक्षा उतिर्ण गरी कक्षा ९ मा अध्ययनरत रहेका गरिब दलित अपाङ्ग छात्रा विद्यार्थीहरुलाई साईकल सहयोग गरेका छन्।
प्रदेश नम्बर २ सरकारको बेटी बचाउ बेटी पढाउ अभियान अन्तर्गत २९ छात्रालाई साईकल उपहार दिएका छन् ।श्री माध्यमिक बिद्यालय हनुमानगर ब्राह्मण गौछाडीमा अङ्ग्रेजी शिक्षकको रूपमा कर्यरत रहेका राम बिनय यादव र बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष जितेन्द्र कुमार साहको पहल र जसपा विद्यार्थी संगठनका प्रदेश संयोजक दिपेश कुमार यादवको नेतृत्वको विशेष पहलमा साईकल वितरण भएका छन्।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष जितेन्द्र कुमार साहको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा जसपा नेपालका प्रदेश कमिटी सदस्य दिपेश कुमार यादव रहनु भएको थियो।छात्रा बर्गलाई शिक्षा क्षेत्रमा हौसला बुलन्द गर्न र शिक्षामा जिबन स्तर उकास्न प्रदेश सरकारले उक्त कार्यक्रमको थालनी गरेको हो।
२०१० सालमा स्थापना भएको बिद्यालयको अवस्था फेरिको छैन ।हाल स्कुलमा सबै तह मिलाएर १४ जना शिक्षकको दरबन्दी रहेका छन् जस मध्ये प्रदेश सरकारबाट स्वमसेवक शिक्षक १ जना बालबिकासबाट १ जना रहेका शिक्षक राम बिनय यादवले जानकारी दिनु भयो ।
उक्त बिद्यालयमा १२ कक्षा सम्म संचालनमा रहेका छन। बिद्यालयमा जम्मा बिद्यार्थी संख्या ६६७ जना रहेका बिद्यालयका प्र.अ.राजेन्द्र प्रसाद यादवले बताए। प्रदेश प्रमुख अतिथि यादवका अनुसार प्रदेश सरकारको साईकल वितरण कार्यक्रम प्रभावकारी रहेको भन्दै विद्यार्थी नानीहरूलाई उन्ती प्रगतिको शुभकाना दिएका थिए। विद्यार्थीहरुले साईकल पाउदा खुशी व्यक्त गरेका बिद्यालयमा कार्यरत कास अमृत लाल चौधरीले जानकारी दिनु भयो ।






















