कैलालीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि ट्रकमा स्थानीयले गरे आगजनी

जगत ठाडा मगर
२०७८ मंसिर ९ | मध्यान्ह ०३:०८ बजे

धनगढी । कैलालीमा ट्रकको ठक्करबाट मृत्यु भएकी महिलाको सनाखत भएको छ । टीकापुर नगरपालिका वडा नम्बर २ की ४० वर्षीया गोमा थापाको मृत्यु भएको छ ।
बिहीबार दिउँसो पूर्व-पश्चिम राजर्माग अन्तर्गत कैलालीको लम्कीमा ना २ ख ९३७० नम्बरको ट्रकले ती महिलालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि स्थानीयले आक्रोशित हुँदै ठक्कर दिने ट्रकमाथि आगजनी र तोडफोड गरेका छन् ।
स्थानीयले राजमार्गमा प्रदर्शन गर्दै आगजनी गर्न थालेपछि प्रहरीले आधा दजर्न बढी सेल अश्रुग्यास प्रहार गरेको छ । अहिले स्थानीयले बजार पनि बन्द गराउनुका साथै राजमार्ग समेत अवरुद्ध गरेका छन् ।






















