राजनीति

जबराको सम्पत्ति छानबिन गर्न र महाअभियोग लगाउन माग गर्दै बालुवाटारमा न्याय मार्च

जगत ठाडा मगर
२०७८ मंसिर ९ | मध्यान्ह ०३:०८ बजे

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनसहित विभिन्न ७ वटा संस्थाको अगुवाइमा बालुवाटारमा न्याय मार्च सुरु गरेको छ ।

नेपाल बार एशोसिएसन, नेपाल पत्रकार महासंघ, नेपाल जनस्वास्थ्य संघ, नेपाल शिक्षक संघ, नेपाल इन्जिनियर्स एशोसिएसन र बृहत नागरिक आन्दोलनले सर्वोच्च अदालतको गेटदेखि बालुवाटारसम्म न्याय मार्च गर्न लागेका हुन् । सर्वोच्च अदालतको गेटबाट सुरु भएको मार्च माइतीघर, भद्रकाली हुँदै बालुवाटारतर्फ अघि बढेको छ ।

मार्चमा सहभागीहरूले जबराको सम्पत्ति छानविन गर्न र महाअभियोग लगाउन माग गरेका छन् । प्रधानन्यायाधीश जबराको राजीनामा र न्यायालय पुनःसंरचनाको आन्दोलनमा अन्य संघसंस्थाले साथ दिएर न्याय मार्च गरिएको हो । प्रधानन्यायाधीशले राजीनामा नदिए महाभियोग लगाउन राजनीतिक दलहरुलाई दबाब दिँन यी संस्थाहरुले र्‍याली निकालेका हुन् ।

कमेन्टहरु