कुवेतमाथि नेपालको सहज जित, ग्लोबलमा छनोटको सम्भावना कायमै

जगत ठाडा मगर
२०७८ मंसिर ९ | मध्यान्ह ०२:०८ बजे

काठमाडौं । दुबईमा भईरहेको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले बिहीबार कुवेतलाई ९ विकेटले सहजै पराजित गरेको छ ।
छनोटमा लगातार दोस्रो जित हात पारेको नेपाल युएईलाई रनरेटमा पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ । पहिलो खेलमा हङकङसँग पराजित नेपालले त्यसपछि भुटानलाई हराएको थियो । लगातार दुई जितपछि नेपालले शीर्ष स्थानमा रहँदै ग्लोबल क्वालिफायर पुग्ने सम्भावना कायम राखेको छ ।
दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा कुवेतले दिएको २८ रनको सामान्य लक्ष्य नेपालले ३.३ ओभरमा खेल्दै १ विकेट गुमाएर पुरा गरेको थियो ।






















