चितवन आइपुगे केपी ओली

जगत ठाडा मगर
२०७८ मंसिर ९ | मध्यान्ह ०२:०८ बजे

चितवन । एमाले अध्यक्ष केपी शर्मा ओली चितवन आइपुगेका छन् । भोलि शुक्रबारदेखि चितवनमा सुरु हुदै गरेको एमालेको १० औं महाधिवेशनका लागि उनी आज दिउँसो भरतपुर विमानस्थलमा अवतरण गरेका हुन् ।
आज ओली सौराहास्थित अर्थलाइट होटलमा बुद्धिजीवीसँगको अन्तरक्रियामा सहभागी हुने कार्यक्रम रहेको स्थायी कमिटी सदस्य तथा महाधिवेशन मुल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले जानकारी दिए । यस्तै उनले महाधिवेशनस्थल, बन्दसत्र हललगायतको अवलोकन समेत गर्ने कार्यक्रम बनाइएको छ ।
यस्तै महाधिवेशनका लागि शिर्ष नेताहरु चितवनमा आउने क्रम जारी छ । एमालेको १० औं महाधिवेशनको उद्घाटन शुक्रबार साढे १२ बजे नारायणी किनारमा गर्ने कार्यक्रम रहेको छ भने ११ र १२ गते बन्दसत्र सौराहामा हुनेछ ।






















