Opens in a new tab

राजनीति

कांग्रेस सभापतिमा उम्मेदवारी दिने विमलेन्द्र निधिको घोषणा

जगत ठाडा मगर
२०७८ मंसिर ९ | मध्यान्ह ०२:०८ बजे

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा पत्रकार सम्मेलन आयोजना गरी औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै निधिले भने, ‘विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा मैले नेपाली कांग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको छु । परिवर्तित राजनीतिक प्रणालीको व्यवहारिक पक्षहरुलाई सार्थक गर्नुपर्ने विवेक र तर्कको कसीमा मेरो यो उम्मेदवारी रहेको समेत स्पष्ट पार्न चाहन्छु ।’

उनले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमतका साथ विजयी गराउने, कांग्रेसमा पुस्तान्तरण प्रक्रियालाई सहजीकरण गर्ने, संविधान संशोधनको विषय पार्टीको आधिकारिक निर्णय अनुसार कार्यान्वयन गराउने र गणतन्त्रलाई संस्थागत गर्ने बाचासमेत गरेका छन् । आफ्ना बाचाहरुलाई पाँच वर्षभित्र पूरा गर्ने नेता निधिले घोषणासमेत गरेका छन् ।

 

कमेन्टहरु