देश

रुपन्देहीको सैनामैनामा बस र माइक्रो आपसमा ठोक्किँदा ८ जना घाइते

जगत ठाडा मगर
२०७८ मंसिर ९ | मध्यान्ह १२:०८ बजे

बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा बस र माइक्रो आपसमा ठोक्किँदा ८ जना यात्रु घाइते भएका छन् ।

काठमाडौंदेखि दाङतर्फ जाँदै गरेको ना ६ ख २३३१ नम्बरको यात्रुबाहक बस र रुपन्देहीको हरैयाबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २५२ नम्बरको माइक्रो सैनामैनाको मुर्गियामा आपसमा झडप भएको हो । दुर्घटनामा दुबै सवारीका चार–चार जना यात्रु घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलले जनाएको छ ।

घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको र उनीहरुको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीले दुवै सवारीसहित चालकहरुलाई नियन्त्रणमा लिएको छ ।

कमेन्टहरु