राजनीति

सचिवमा कम्तीमा ५० प्रतिशत युवा पुस्तालाई स्थान दिनुपर्छ : महेश बस्नेत

जगत ठाडा मगर
२०७८ मंसिर ९ | मध्यान्ह १२:०८ बजे

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले सचिव पद पदाधिकारीको प्रवेश विन्दु भएकाले कम्तीमा ५० प्रतिशत नयाँ पुस्तालाई स्थान दिनुपर्ने बताएका छन् ।

उनले नयाँ पुस्तालाई स्थान नदिइए एमाले पुरातन विचार भएको पार्टी बन्ने बताए । बिहीबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै बस्नेतले सहमति वा निर्वाचन जे भए पनि सचिव पदमा कम्तीमा ५० प्रतिशत युवा पुस्तालाई स्थान दिनुपर्ने बताए । उनले आफू सचिवको दाबीबाट पछि नहट्ने पनि बताए ।

‘सचिव पोष्ट भनेको पदाधिकारीको इन्ट्रान्स पोइन्ट हो । यो इन्ट्रान्स गेट बन्द गरेर सहमति हुँदैन,’ सचिव पदमा दाबी गर्दै आएका बस्नेतले भने, ‘यो सचिव पोष्टमा चाहिं सहमतिको आधारमा पनि ७ जनामा कमसेकम ४ जना न्यू इन्ट्रीलाई समावेश गराउनुपर्छ । यदि त्यस्तो गरिएन भने हाम्रो पार्टी त पुरातन विचार राख्ने बुढाखाडाहरुको गफ गर्ने चौतारीमा परिणत हुन्छ ।’

कमेन्टहरु