कांग्रेसको सभापतिमा उम्मेदवारी दिँदै युवराज न्यौपाने

जगत ठाडा मगर
२०७८ मंसिर ९ | बिहान ०९:०८ बजे

काठमाडौ । नेपाली कांग्रेसका प्रवक्ता युवराज न्यौपानेले पार्टीको १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
गोरखाको आरूघाट गाउँपालिका वडा नं ८ का न्यौपानेले आगामी मंसिर २४ देखि २६ गतेसम्म हुने कांग्रेस महाधिवेशनमा सभापति पदमा भिड्ने बुधबार रिपोर्टस् क्लवमा पत्रकार सम्मेलन गरेर औपचारिक घोषणा गरेका छन् । उनले आफूलाई युवा महाधिवेशन प्रतिनिधिको साथ र सहयोग रहने विश्वास व्यक्त गरेका थिए ।
न्यौपानेले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई अब अभिभावक भएर बस्न आग्रह गर्दै आफूले उम्मेदवारी फिर्ता नलिने बताए । कांग्रेसले मंसिर २१ गतेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय दिएको छ ।






















