राजनीति

कपिलवस्तुका सराज फारूकी नेकपा (एमाले) को केन्द्रीय सदस्य पदमा पुनः उम्मेदवार

जगत ठाडा मगर
२०७८ मंसिर ९ | बिहान ०६:०८ बजे

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ कृष्णनगर बस्ने जुझारू, कर्मठ, इमानदार, नेता सराज अहमद फारूकीले चितवनमा हुन गैरहेको नेकपा एमाले को १०औं राष्ट्रीय महाधिवेशनमा केन्द्रीय सदस्यमा पुनः उम्मेदवारी दिने बताएका छन् l

नेकपा एमालेको गाँउ कमिटी देखि लिएर इलाका कमिटी हुदै जिल्ला कमिटी लगायत प्रायु संघका केन्द्रीय कमिटी सदस्य समेत रहेका फारूकी करीब दुई दशक भन्दा माथी नेपाल कम्युनिष्ट पार्टी एमालेका लागि पूर्ण कालिन निरन्तरता दिदै आएका उहाँले फेरी पार्टीको केन्द्रीय सदस्यमा दावेदारी रहेको बताएका छन् l

नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष रहेका फारूकी पार्टीका तर्फबाट उक्त संगठनको सह इन्चार्ज समेत रहेका छन् l मुस्लिम खुल्ला कोटाबाट नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका सराज अहमद फारूकीले नेकपा एमालेको १०औं महाधिवेशनमा पुनः सोही कोटाबाट पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने र पार्टी समर्थक सबैको साथ र सहयोग रहेको बताउदै आफूलाई समर्थन गर्न समेत अपिल गरेका छन् l

कमेन्टहरु