देश

कैलालीको त्रिनगर नाका हुँदै रोजगारीका लागि भारत जानेको लर्को

जगत ठाडा मगर
२०७८ मंसिर ८ | मध्यान्ह ०८:०८ बजे

प्रदिप न्यैपाने
धनगढी । कैलालीको त्रिनगर नाका हुँदै रोजगारीका लागि भारत जाने सुदूरपश्चिमेलीहरुको लर्को लागेको छ । चाडबाड सकिएसँगै सुदूरपश्चिमेलीहरु कामका लागि भारत पस्न थालेका हुन् ।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका मानिसहरु यतिबेला त्रिनगर नाका हुँदै रोजगारीका लागि भारत जान थालेका छन् । ठूलो संख्याका नेपाली भारत जान थालेकाले गौरीफण्टा नाकामा दैनिक लर्को नै लाग्ने गरेको छ । चाडबाड सकिएसँगै पहाडी जिल्लाका मानिसहरु मौसमी कामका लागि भारत जान निस्किएकाले गौरीफण्टा नाकामा भीड नै लाग्ने गरेको छ ।

photo 2021 11 24 06 45 19

देशमा रोजगारीका अवसर नहुँदा हिउँदे खेती लगाएर सुदूरपश्चिमका पहाडी सात जिल्ला लगायतका जिल्लाबाट बुढादेखि युवासम्म काम खोज्न भारत तिर लागेका छन । नेपाल प्रहरी चेक पोष्ट डोके बजारको तथ्याङ्क अनुसार यो नाका हुँदै दैनिक दुई हजार हाराहारीका नेपाली भारत गइरहेका छन । भारत जाने नेपालीको संख्या धेरै भएकाले नाकामा प्रहरीलाई इन्ट्री गर्न समेत धौधौ भइरहेको छ ।

photo 2021 11 24 06 45 26

भारतमा कोरोनाको दोस्रो लहर चलेको समयमा बेरोजगार हुँदै घर फर्किएका नागरिकहरु पनि फेरी कामका लागि भारत पसेका हुन । गाउँमा हिउँदे खेती लगाएर परिवार पाल्नको लागि आफू भारत जान थालेको नाकामा भेटिएका भीम बहादुर बिकले बताए । घरमा बेरोजगार भएर बस्नु भन्दा आफू केही महिनाका लागि भएपनि रोजगारीका लागि भारत जान थालेको उनको भनाई छ ।” देशमा काम गरौ भने काम गर्ने अवसर छैन्,’उनले भने,’त्यस कारण आफू परिवार पाल्नकै लागि भएपनि भारत जान थालेको हो ।

सरकारले हामी जस्ता युवाहरुका लागि रोजगारीका अवसर सिर्जना गर्नु पर्ने भएपनि गर्न नसकेको उनको आरोप छ । जसको सरकार आएपनि आफुहरुलाई केही पनि फाईदा नहुने उनको भनाई छ । सरकार आफ्ना आसेपासे र कार्यकर्ताका लागि मात्रै हो हामी जस्ता गरिब र निमुखाका लागि होइन्, उनले भने ।

photo 2021 11 24 06 45 30

आफ्नो उत्पादनले वर्षभरी खाना नपुग्ने नेपालीहरु मौसमी कामका लागि भारत जाने गर्दछन् । एक हप्ताको अवधिमा मात्रै गौरीफण्टा नाका हुँदै रोजगारीका लागि करिब ५ हजार ६१५ जना नागरिकहरु भारत तर्फ लागेका छन ।

कमेन्टहरु