स्वास्थ्य

महाराजगंज नगरपालिकामा मंगलबारदेखि हैजा विरुद्ध खोप अभियान सुरु

जगत ठाडा मगर
२०७८ मंसिर ८ | मध्यान्ह ०७:०८ बजे

घनश्याम यादव
कपिलवस्तु, ८ मंसिर । बिगत केहि समय अगाडी जिल्लाका विभिन्न स्थानमा हैजा फैलिएपछि उक्त रोगको रोकथामका लागि हैजाविरुद्धको खोप अभियान ५ स्थानीय तहमा आइतबारदेखि सुरु गरिएको छ, भने महाराजगन्ज नगरपालिकामा मंगलबारदेखि सुरू भएको छ ।

हैजा विरुद्धको ओरल कलोरा भ्याक्सिन वडा न ८ कजरहवा स्वास्थ केन्द्र अन्तर्गत सिङ्गरहा खोप केन्द्रमा ८ का वडा अध्यक्ष योगेन्द्र केसीलाई खुवाएर शुरूवात गरिएको थियो । महाराजगन्ज नगरपालिकामा मंसिर ७ देखि१२ गतेसम्म खोप अभियान संचालन हुनेछ । कपिलवस्तुमा फैलिएको हैजालाई नियन्त्रण गर्न जिल्लामा बृहद अभियान संचालन भएको छ ।

नगरपालिका भित्र हैजा प्रभावित डरले ११ वटै वडामा ३५ वटा खोप केन्द्र स्थापना भएको छ । हैजा बिरुद्धको ५३ हजार १५६ ओरल कलोरा भ्याक्सिन पालिका भरिमा खुवाइने स्वास्थकर्मी महेश चौधरीले बताउनु भएको छ । सिंगरहा खोप केन्द्रमा खोपकर्ता महेश चौधरी र साधना चौधरी मिलेर कार्यक्रम सञ्चालन गरेका थिए ।

शिक्षिका बिष्णुकला पाण्डे र महिला स्वयंसेविकाहरूको विशेष सहयोग रहेको खोपकर्ता साधना बताउनु भयो ।

कमेन्टहरु