देश

जगत ठाडा मगर
२०७८ मंसिर ८ | मध्यान्ह ०६:०८ बजे

राजविराज, ०८ मंसिर । सप्तरीमा एक बुद्ध घाँटी रेटेको अवस्थामा फेला परेको छ । जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नम्बर – ६ खुदिबखारी टोलमा अन्दाजी ८० वर्षीय मिश्रिलाल मण्डललाई घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले नवलपुर टुडेलाई जानकारी दिएको छ ।

झौखराही नामक फुलबारीमा बृद्ध मण्डलको घाँटी रेटि हत्या गरिएको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय सखडाले जनाएको छ । मण्डल बुधबार बिहान घरमा खाना खाएर करिब १० बजे काम विशेषले सखडा तिर निस्केको स्थानीयबासिहरुले बताएका छन । सोहि क्रममा मण्डलको कसैले ब्यक्तिगत रिसिभिका कारण हत्या गरेको हुन सकिने परिवारजनको आरोप रहेको छ ।

यता सो घटनाको सम्बन्धमा आवश्यक थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । मृतक बृद्धको शव पोष्टमाटमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु