एमाले मात्रै होइन सिंगो राष्ट्रको नेतृत्वमा केपी ओलीको विकल्प छैन : प्रदीप ज्ञवाली

जगत ठाडा मगर
२०७८ मंसिर ८ | मध्यान्ह ०४:०८ बजे

काठमाडौं । नेकपा एमालेका प्रवक्ता तथा सचिव प्रदीप ज्ञवालीले एमाले अध्यक्षमा केपी शर्मा ओलीको विकल्प नभएको जिकिर गरेका छन् ।
बुधबार राजधानीमा आयोजित ‘साइबर सर्कल’ घोषणा कार्यक्रममा बोल्दै उनले १०औँ राष्ट्रिय महाधिवेशनबाट ओली अध्यक्षमा सर्वसम्मत चयन हुने पनि दाबी गरे । “निसन्देह नेकपा एमालेको मात्रै होइन, सिंगो देशको नेताको रूपमा केपी ओलीको कुनै विकल्प छैन । मेरो पूर्ण विश्वास छ १०औँ राष्ट्रिय महाधिवेशनले सर्वसम्मतका साथ उहाँको नेतृत्वलाई अघि बढाउने छ ।”
ओली राष्ट्रिय राजनीतिको केन्द्रमा पार्टीलाई स्थापित गर्न सफल भएको पनि उनले दाबी गरे । एमालेको महाधिवेशन आगामी १०–१२ गतेसम्म चितवनमा हुँदैछ ।






















