प्रधानमन्त्री पदमा नभए पनि म प्रधानमन्त्रीभन्दा कम छैन : प्रचण्ड

जगत ठाडा मगर
२०७८ मंसिर ८ | मध्यान्ह ०२:०८ बजे

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू प्रधानमन्त्री पदमा नभए पनि प्रधानमन्त्रीभन्दा कम नभएको बताएका छन् ।
कैलालीको भजनी नगरपालिकाको प्रशासकीय भवन उदघाटन कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘हुन त अहिले म प्रधानमन्त्री छैन तर प्रधानमन्त्रीभन्दा कम पनि छैन ।’ त्यस्तै आफूले भनेको नमान्दा र केही काम नगर्ने कसम खाए पछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पद गुमाउनु परेको प्रचण्डले दाबी गरे ।
उनले ओली नेतृत्वको अघिल्लो सरकारलाई ‘झुटो बोल्न सिपालु सरकार’ भनेर समेत टिप्पणी गरेका छन् ।






















