राजनीति

एकीकृत समाजवादी नेकपा एमालेभन्दा शक्तिशाली बनेको माधव नेपालको दाबी

जगत ठाडा मगर
२०७८ मंसिर ८ | मध्यान्ह ०२:०८ बजे

जनकपुरधाम । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टी नेकपा एमालेभन्दा शक्तिशाली बनिसकेको दाबी गरेका छन् ।

बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले सात प्रदेशमध्ये २ वटा प्रदेशमा आफ्नो पार्टीको सरकार रहेको बताए । प्रदेश २ मा पनि एमाले भन्दा एकीकृत समाजवादी नै ठूलो रहेको उनले दावी गरे ।

नेपालले सूर्यमा ग्रहण लागिसकेको बताउदै कलम चल्न थालेको बताए । केपी ओलीको हठका कारण एमालेको यो दशा भएको र आगामी निर्वाचनमा एमाले पार्टी चोइटिएर जाने उनले टिप्पणी गरे ।

अध्यक्ष नेपालले बुधबार नै जनकपुरधाममा एकीकृत समाजवादीको धनुषा जिल्ला पार्टी कार्यालय उद्घाटन समेत गरेका छन् ।

कमेन्टहरु