राजनीति

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै विराटनगरमा प्रदर्शन

जगत ठाडा मगर
२०७८ मंसिर ८ | मध्यान्ह ०१:०८ बजे

मोरङ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै उच्च बार विराटनगर पनि प्रदर्शनमा उत्रिएको छ ।

बिहीबार उच्च अदालत विराटनगर परिसरमा बारका पदाधिकारी लगायत केन्द्रीय पार्षदहरुले हातमा कालोपट्टी बाधेर धर्ना र बेन्च बहिष्कार गरेका हुन् ।न्यायपालिकाको विकृति, विसंगती र भ्रष्टाचार विरुद्ध आन्दोलन सुरु गरेको विराटनगर बारले मंसिर ५ गतेदेखि १० गतेसम्म बेन्च बहिस्कार गरेको छ ।

न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने प्रधानन्यायाधीशले तत्काल राजीनामा दिनुपर्ने माग गर्दै चरणवद्ध विरोधका कार्यक्रम सञ्चालन गर्ने विराटनगर बारले जनाएको छ । बारको प्रदर्शनले अदालतमा आउने सेवाग्राही प्रभावित भएका छन् ।

कमेन्टहरु