देश

धनुषामा गुडिरहेको विंगरको ढोकाबाट लडेर विद्यार्थीको मृत्यु

जगत ठाडा मगर
२०७८ मंसिर ८ | बिहान ११:०८ बजे

जनकपुरधाम, ०८ मंसिर । धनुषामा गुडिरहेको विंगरबाट लडेर एक विद्यार्थीको मृत्यु गएको छ ।

धारापानी बहुमुखी क्याम्पसमा बीबीएस पहिलो वर्षमा अध्ययनरत धनुषाधाम नगरपालिका वडा नम्वर – ७ भगवानपुरीका १८ वर्षीया पूजाकुमारी महतोको बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

बुधबार बिहान ७ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना १ ज ७०४९ नम्बरको विंगरको ढोका छेउबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षश प्रदीप सुवेदीले जानकारी दिए ।

गुडिरहेको बेला ढोका छेउबाट लड्दा पूजाको टाउकोमा गम्भीर चोट लागेकोले घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनी कलेजबाट कुनै कामको लागि ढल्केबर तर्फ आउन लागेको बेला दुर्घटनामा परि मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

पुजाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र विंगर चालकलाई नियन्त्रणमा लिएर घटनाकाे विषयमा थप अनुन्धान भई रहेकाे प्रहरीले जनाएकाे छ ।

कमेन्टहरु