जनताको अधिकार सुनिश्चित गर्ने पार्टी माओवादी केन्द्र हो : नेता अनिल परियार


महेश सिंह
सिरहा लहान, ८ मंसिर । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको वडा अधिबेशन सम्पन्न भएको छ। सिरहाको लहान नगरपालिका वडा नम्बर ५ को वडा अधिबेशन लहानको तरकारी बजारमा भब्य रूपमा सम्पन्न भएको हो ।
स्थानीय माओवादी केन्द्रका नेता राज कुमार साहको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे भने प्रमुख अतिथिमा नेपाल सरकारको पुर्व मन्त्री तथा माओवादी केन्द्रका सिरहा संयोजक एंव जन्युधका कुशल कमान्डर अजय शंकर नायक रहनु भएको थियोे ।
प्रमुख अतिथि नायकका अनुसार जनताको हक अधिकारको लागि अवाज उठाउने पार्टी माओवादी केन्द्र नै हो भन्दै सामन्ती शासकहरुलाई लहानबाट छिटै लखेटने उनले कडा प्रस्तुति दिएका थिए । कम्युनिस्टको नाउ भजाएर खाने ओली प्रविधिको पाल्तु शासक मन्तीहरुलाई देशमा राजनीति अस्तित्व मेटाउदै गैई रहेको अवस्था छ ।
माओवादी केन्द्रको निर्णय अनुसार देशमा गरीबी समस्यालाई दुरगरी युवाहरूलाई स्वदेश मै रोजगारी समस्याको सामाधान गर्न पार्टीको मेन एजेन्डा रहेको कुरा प्रकाश पारेका थिए । जनताको मौलिक हकअधिकार माओवादी पार्टीले नै संबिधानमा लेखेको कुराको स्मरण गराउदै जनसमुदायमा अपिल गरेका थिए।
माओवादी केन्द्रका जिल्ला समन्वय समितिका सदस्य तथा प्रभाव सालिन नेता बिजय गुप्ताले कार्यक्रममा स्वागत मन्तव्य राख्दै देशमा माओवादी पार्टी ठुलो शक्तिको रूपमा रहेको बताएका थिए ।
YCLका जिल्ला संयोजक विवेक परियारका अनुसार आफू दलितको पिडा भोगेको उल्लेख गर्दै, देशमा छाती फुलाउने र आफू ठुलो नेता हो भनाउनेहरु बिस्थापीत हुँदै गैइरहेको अवस्था छ । देशमा भेदभाव हटाउने काम माओवादी केन्द्रले नै गरेको दाबी गरेका थिए ।
कार्यक्रमको अतिथिहरुमा पुर्व मन्त्री सुनिता महतो, प्रदेश कमिटी प्रस्तावित सदस्य सुरेन्द्र साह, पार्टीको जिल्ला समन्वय समितिको सदस्य देब नारायण महतो, रिकमा बिश्वकर्मा, सुधा यादव, लहान नगरपालीका संयोजक खडक नारायण चौधरी YCLका केन्द्र सदस्य आशान्द यादव, वडा अध्यक्ष हेमन्त यादब, गणेश चौधरी, माओवादी केन्द्रका युवा नेता उमेश साह, उदय नारायण महतो, सुर्ज साह लगायतका सयौं नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो।
नेता उमेर साहका अनुसार लहान नगरपालिका भ्रष्टाचारको अखडा रहेको टिप्पणी गर्दै आउने चुनावमा लहानका सामन्ती शासक सरकारलाई पराजित गर्न सम्पुर्ण जनसमुदायमा आग्रह गरेका थिए । नेता राज कुमार साहका अनुसार लहान नगर पालिकाका मेयर मुनि साहले नगरबासीलाई दु:ख दिने बाहेक कुनै जनताको हितका लागी काम नगरेको ठहर गरेका थिए ।
नयाँ कार्यसमितिको अध्यक्षमा राज कुमार साह उपाध्यक्षमा सुरेन्द्र पुर्बे सचिबमा हरी नारायण साह, कोषा अध्यक्षमा अक्लीमा खातुन सदस्यमा दिपेन्द्र साह लगायत २१ सदस्य चयन भएका युवा नेता उमेश साहले जानकारी दिनु भयो।






















