देश

माओवादी केन्द्रका केन्द्रीय सदस्य बन्जाडेको सडक दुर्घटनामा निधन

जगत ठाडा मगर
२०७८ मंसिर ८ | बिहान ०८:०८ बजे

बुटवल । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज रामप्रसाद बन्जाडे (टंकमणि) को सवारी दुर्घटनामा निधन भएको छ ।

मंगलबार बेलुकी करिब ९ बजे बुटवलको जितगढीमा ना ५ ख ९०६ नम्बरको यात्रु बाहक बसले उनी सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बन्जाडे गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा बुधबार बिहान निधन भएको माओवादी केन्द्रका नेता वामदेव क्षेत्रीले जानकारी दिए ।

बन्जाडे मोटरसाइकल पछाडि सवार थिए । मोटरसाइकल चालक पाल्पाका जितबहादुर थापा भने सामान्य घाइते छन् ।

कमेन्टहरु