रूपन्देही २ को क्षेत्रीय सभापतिमा पौडल पक्षका लम्साल विजयी


बुटवल । नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट रुपन्देही क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा पौडेल पक्षका हरि लम्साल विजयी भएका छन् । मंगलबार सम्पन्न भएको क्षेत्रीय अधिवेशनबाट १६० मत अन्तरले पार्टीको संस्थापन इतर समुहका लम्साल विजयी भएका हुन् ।
विजयी हरि लम्सालले ४०२ मत प्राप्त गर्दा देउवा पक्षका अर्का प्रतिस्पर्धी काजिमान श्रेष्ठले २४२ मत प्राप्त गरेको प्रमुख मतदान अधिकृत टिकाराम शर्माले बताए । त्यसैगरी सचिवमा उम्मेदवार श्रेष्ठ समुहका प्रजापाल गिरी र लम्साल समूहबाट बिमलराज भट्टराई निर्वाचित भएका छन् । सचिवमा निर्वाचित श्रेष्ठ समुहका गिरीले ४२९ मत र लम्साल समूहबाट निर्वाचित भट्टराईले ३६८ मत प्राप्त गरेका छन् ।
यस्तै सहसचिव पदमा उम्मेदवारी दिएका लम्साल समुहका मिलन थापा (३५१) र राजबहादुर क्षेत्री (३४०) मत सहित विजयी भएका छन् । महाधिवेशन प्रतिनिधिमा पनि मिश्रित परिणाम आएको छ ।






















