गौर नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले छानबिन

जगत ठाडा मगर
२०७८ मंसिर ७ | मध्यान्ह ०८:०८ बजे

सिताराम साह
रौतहट । रौतहटको एक नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले छानबिन गरिएको छ ।
रौतहट जिल्लाको सदमुकाम तथा सबभन्दा पुरानो पालिका गौर नगरपालिकाको बिभिन्न योजनाहरुमा लापारवाहि गरेको भन्दै परेको उजुरीको अधारमा आयोगले महत्वपुर्ण कागजातहरु चेकजाँच गरेको छ ।
योजनाहरुमा परेको उजुरीको सम्बन्धमा कागजपत्र छानबिन गर्न आएको अख्तियार दुरुपयोग आयोग बर्दिवासको टोलिले झण्डै एक घन्टासम्म नगरपालिकामा रहि फाइलहरुको जाँच गरेको थियो । गौर २ को शिवालय मन्दिर निर्माण र गौर ५ मा निर्माणाधीन कलाकुन्ज पुस्तकालयमा आर्थिक हिनामिना सम्बन्धी आयोगमा परेको उजुरीको अनुसन्धानका लागि टोलि गौर आएको थियो ।
उक्त योजनाहरु के कस्तो छ भनि राम्री छानबिन गरि कार्यवाहि हुने अख्तियार दुरुपयोग अनुस्धान बर्दिबास टोली जनाएको छ ।






















