यातायात व्यवस्था कार्यालयबाट रु ३५ करोड राजश्व सङ्कलन

नवलपुर टुडे

सारांश
सुर्खेत । कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२/८३ मा रु ३५ करोड बढी राजस्व सङ्कलन गरिएको छ । कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतका सुर्खेत, जुम्ला र रुकुमपश्चिम यातायात कार्यालयबाट रु ३५ करोड आठ लाख ४३ हजार ५९० राजस्व सङ्कलन गरिएको हो ।
जिल्लागत रूपमा सबैभन्दा बढी राजस्व यातायात व्यवस्था कार्यालय सुर्खेतबाट रु २९ करोड ५६ लाख नौ हजार ४१० राजस्व सङ्कलन भएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव अर्जुनकुमार बमले जानकारी दिए ।
त्यसैगरी, जुम्लाबाट करिब रु दुई करोड र रुकुमपश्चिमबाट रु तीन करोड ५७ लाख ९१ हजार ६५० राजस्व सङ्कलन भएको उनले बताए । उनका अनुसार राजस्व सङ्कलनको मुख्य आधार सवारीसाधन कर रहेको र कुल राजस्वमध्ये सवारीसाधन करको योगदान ८७.४६ प्रतिशत रहेको छ ।
त्यस्तै, चालक अनुमतिपत्र, सवारी दर्ता तथा नवीकरण दस्तुरबाट १०.९४ प्रतिशत, प्रशासनिक दण्ड, जरिवाना तथा जफतबाट १.४८ प्रतिशत र अन्य प्रशासनिक सेवा शुल्कबाट ०.२१ प्रतिशत राजस्व सङ्कलन भएको सचिव बमले जानकारी दिए । मन्त्रालयले यातायात क्षेत्रको सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउँदै राजस्व सङ्कलन तथा प्रशासनिक व्यवस्थापनलाई थप सुदृढ गर्ने जनाएको छ ।

निजी कम्पनीले सस्ता इन्टरनेट सेवा प्याकेज हटाए पनि नेपाल टेलिकमले मूल्य नबढाउने

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो


आज यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ?
अरुपनि पढ्नुहोस
सबै
कांग्रेस १५औँ महाधिवेशन: आज बिहान १० बजेदेखि मतदान शुरु

तोकिएको भाडाभन्दा बढी लिए कारबाही गर्ने महासंघको चेतावनी

ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत















