दैनिक उपभोग्य वस्तुको अधिक सञ्चय नगर्न सरकारको आग्रह

नवलपुर टुडे

सारांश
काठमाडौं । सरकारले दैनिक अत्यावश्यक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज रहेको जनाउँदै ती वस्तुको अधिक सञ्चय तथा भण्डारण नगर्न आम उपभोक्तालाई आग्रह गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय खाद्य सुरक्षा भण्डार र सार्क खाद्य सुरक्षा बैंकमा पर्याप्त मात्रामा खाद्यान्न मौज्दात रहेको जनाएको हो ।
मन्त्रालयले बाढी, पहिरो वा अन्य कारणले प्रमुख राजमार्ग तथा आपूर्ति मार्ग अवरुद्ध भएमा वैकल्पिक मार्गबाट अत्यावश्यक वस्तुको ढुवानीलाई निरन्तरता दिइने जनाएको छ । “विपद् र चाडपर्वको मौका छोपी कार्टेलिङ, सिन्डिकेट, कालोबजारी, कृत्रिम अभाव, अस्वाभाविक मूल्य वृद्धि र अनुचित रूपमा वस्तु लुकाउने प्रवृत्ति रोक्न बजार अनुगमनलाई सघन बनाइएको छ,” मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

मोदीको २५ वर्षे सार्वजनिक जीवन: भन्छन्, ‘जनताको विश्वास नै मेरो शक्ति’

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

हाइटीमा चुनाव अनिश्चितकालका लागि स्थगित

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन आह्वान

नरेन्द्र मोदी सरकार प्रमुख बनेको २५ वर्ष : मन्त्रिपरिषद्द्वारा बधाई प्रस्ताव पारित
अरुपनि पढ्नुहोस
सबै
४४ उपसचिवको सरुवा, को कहाँ भयो ?(सूचीसहित)

कांग्रेस १५औैँ महाधिवेशन: सभापतिमा थापा खड्गी र राठौर को प्रतिस्पर्धा

बाढी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित

नेकपा एमालेको स्थायी कमिटीको पहिलो बैठक आह्वान















