ब्रड पिक हिमपहिरोमा मृत्यु भएकी अमेरिकी आरोहीको शव फेला

एजेन्सी


गिलगित । पाकिस्तानको ब्रड पिकमा गत जुलाई ३० मा गएको हिमपहिरोमा परी मृत्यु भएकी अमेरिकी आरोही सारा म्यालोरी गाइसको शव शुक्रबार फेला परेको छ। उनी विश्वप्रसिद्ध ब्रिटिस–नेपाली पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोलीकी सदस्य थिइन्।
ब्रड पिक विश्वका अग्ला हिमालमध्ये एक हो। जुलाई ३० मा गएको शक्तिशाली हिम पहिरोपछि टोलीसँग सम्पर्क विच्छेद भएको थियो । निर्मल पुर्जाको कम्पनीले पछि टोलीका कुनै पनि सदस्य जीवित नरहेको पुष्टि गरेको थियो।
अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष अवकाशप्राप्त मेजर जनरल इरफान अर्शद खानले शुक्रबार जारी गरेको विज्ञप्तिमा स्थानीय उद्धार स्वयंसेवकहरूले ब्रड पिकको ढलानबाट अमेरिकी आरोहीको शव फेला पारेको जानकारी दिएका छन्।
उनका अनुसार शवलाई अहिले आधार शिविरतर्फ ल्याउने प्रक्रिया भइरहेको छ। अल्पाइन क्लब अफ पाकिस्तानका महासचिव अयाज शिग्रीले डनलाई स्थानीय पोर्टरहरूले पनि शव खोजी अभियानमा स्वेच्छाले सहयोग गरेको बताए।
उनले भने, ‘शव गाइसकै भएको पहिचान भएको छ। यसलाई आधार शिविरमा ल्याइनेछ र त्यसपछि पाकिस्तान सेनाका हेलिकप्टरमार्फत स्कर्दु पुर्याइनेछ।’ शिग्रीका अनुसार बेपत्ता रहेका नेपाली आरोही न्वाङ थिन्डु शेर्पाको खोजी भने जारी रहनेछ।

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन

तिहारलक्षित सयपत्री फूल खेतीमा जमेका विष्ट

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

एनपीएल : सोमपाल र गुलशनले कर्णाली याक्सलाई जिताए, विराटनगर किंग्सको दोस्रो हार

आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
अरुपनि पढ्नुहोस
सबै
झापामा राष्ट्रिय परिचयपत्र वितरण तीव्र: साढे चार लाखले पाए कार्ड, एक लाख वितरणको पर्खाइमा

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

कांग्रेसले मङ्सिरमा ‘तयार छौँ’ अभियान, नीति तथा कार्यक्रम जनतासम्म पुर्याइने
















