बाढी/पहिरो

यी चार जिल्लामा आज आकस्मिक बाढीको ‘उच्च’ जोखिमको पूर्वानुमान

नवलपुर टुडे
२०८३ साउन १८ | बिहान ०९:०४ बजे

काठमाडौं । वर्षासँगै देशका केही जिल्लामा आज (साउन १८) आकस्मिक बाढीको जोखिमको पूर्वानुमान छ । कतिपय सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिन काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यी जिल्लामा आकस्मिक बाढीको ‘उच्च’ जोखिमको पूर्वानुमान रहेको महाशाखाले जनाएको छ ।

यस्तै, ताप्लेजुङ, झापा, धनकुटा, संखुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र आसपासका जिल्ला भई बहने साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

दूधकोसी, बूढीगण्डकी, मरस्याङ्दी, सेती, कन्काईलगायत केही ठूला नदीमा पनि बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।

b1-1785727145.jpg

कमेन्टहरु