समाज

विजयनगर गाउँपालिकामा सरसफाइ तथा चर्पी प्रयोगको अवस्थाबारे अनुगमन

नन्द किशोर कुर्मी (लालु)
२०८३ असार १३ | बिहान १०:०३ बजे

कपिलवस्तु। विजयनगर गाउँपालिकामा सरसफाइ प्रवर्द्धन तथा खुला दिसामुक्त अवस्थालाई दिगो बनाउन वडा नं. ७ अन्तर्गत गणेशपुर, छाेटकी परसाेहिया,बडकी परसाेहिया, ढोढरी,मानपुर र खुरहुरिया गाउँमा विशेष अनुगमन गरिएको छ। सरसफाइ संयोजक अर्जुन बेलवासे तथा इलाका प्रहरी कार्यालय गणेशपुरका कार्यालय प्रमुख महेश कुमार आचार्यको नेतृत्वमा सम्पन्न अनुगमनका क्रममा घर–घर पुगेर चर्पीको प्रयोग, सरसफाइको अवस्था तथा वातावरणीय स्वच्छताबारे निरीक्षण गरिएको थियो।

टोलीले स्थानीयवासीलाई नियमित रूपमा चर्पी प्रयोग गर्न, घर तथा टोललाई सफा राख्न र सरसफाइसम्बन्धी जनचेतना अभिवृद्धि गर्न आग्रह गरेको छ। साथै, सार्वजनिक स्वास्थ्य र स्वच्छ वातावरण कायम गर्न सबैको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिइएको छ। विजयनगर गाउँपालिकाले सरसफाइलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता अनुगमन तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

कमेन्टहरु