बिश्व

ट्रम्प र पुटिन दुवैलाई किन चाहिएको छ चीन ?

एजेन्सी
२०८३ जेष्ठ ७ | मध्यान्ह ०४:०२ बजे

हातमा झन्डा बोकेर हाँसिरहेका बालबालिकाहरू, गार्ड अफ अनर, बन्दुकको सलामी र मार्चिङ ब्यान्ड । ग्रेट हल अफ द पिपुल बाहिर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो पछिल्लो चीन भ्रमणका क्रममा एक हप्ताअघि चीन पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जस्तै स्वागत पाए । 

केही दिनको अन्तरालमा दुई ठुला अर्थतन्त्रका राष्ट्रपतिहरूको भ्रमणबाट सी चिनफिङले संसारसामु प्रस्तुत गर्न चाहेको कुरा भनेको सबैसँग कुराकानी, कुनै एकसँग बाधिएर नबस्ने हो । चीनका लागि यी भ्रमणहरू उसको विशाल अर्थतन्त्र र हालसालै हासिल भएको कूटनीतिक ताकतका कारण अब सबै बाटो बेइजिङतर्फ आउँछन् भन्ने कुराको प्रमाण हो । ‘विश्व मामिलाको नयाँ युग पश्चिमको वरिपरि कम केन्द्रित छ,’ किंग्स कलेज लन्डनका समीर पुरी भन्छन् । 

‘चीनसँग विश्वव्यापी मञ्चमा पर्याप्त सुप्त शक्ति छ, तर यसले द्वन्द्व समाधान गर्न यसलाई प्रत्यक्ष रूपमा प्रयोग गर्दैन । बरु, चीनको शैली त यही हो कि ऊ आफ्नो हैसियतको प्रयोग विस्तारै विस्तारै गर्न चाहन्छ,’ उनले भने ।

रूसलाई पहिलेभन्दा बढी छ चीनको आवश्यकता

दृश्य धेरै हदसम्म उस्तै थियो– आत्मविश्वासका साथ सीले आतिथ्य गर्दै थिए । तर दुई भ्रमणलाई अगाडि बढाउने राजनीति धेरै फरक थियो । २० पटकभन्दा बढी चीन भ्रमण गरिसकेका पुटिनको सीसँग घनिष्ठ व्यक्तिगत सम्बन्ध रहेको देखिन्छ । युक्रेन युद्ध र पश्चिमी प्रतिबन्धहरूले पनि उनलाई चीनमा बढ्दो रूपमा निर्भर बनाएको छ, जुन अहिले रूसको सबैभन्दा ठुलो व्यापारिक साझेदार र तेल र ग्यासको सबैभन्दा ठुलो ग्राहक हो ।

लामो समयदेखि यो एउटा असन्तुलित साझेदारीजस्तो रह्यो, आज यो अझ बढी स्पष्ट भएको छ । वार्ताका क्रममा रुस र चीनबिच व्यापार र प्रविधिका क्षेत्रमा २० भन्दा बढी सम्झौताहरू भए । पुटिनले यस भ्रमणमा वर्षाैंदेखि अवरुद्ध रहँदै आएको रूसी ग्यास पाइपलाइनलाई अगाडि बढाउन खोजेका थिए । तर चीनले अझै यसलाई स्वीकृत गरेको छैन । दुई देशको लामो संयुक्त वक्तव्यमा पनि खासै केही थिएन । 

चीनले आफ्नो कूटनीतिक शैलीलाई नरम बनाएको छ । केही असहज वास्तविकताहरू महसुस गरेर पनि चीनले यसो गरेको हुन सक्छ । चीनको अर्थतन्त्र सुस्ताइरहेको छ । यसको अर्थ यसलाई थप विदेशी लगानी र बाह्य व्यापार चाहिन्छ, जसको लागि अरू देशहरू यसले स्थिर सम्बन्ध बनाउनु आवश्यक छ ।

‘चीन र रूस दुवैलाई एकअर्काको खाँचो छ, तर यो स्पष्ट छ कि रूसलाई विश्वव्यापी मञ्चमा पहिलेभन्दा बढी चीनको आवश्यकता छ,’ सांघाईस्थित इस्ट चाइना नर्मल युनिभर्सिटीमा रसियन अध्ययन केन्द्रका डा. झेङ रुनयू भन्छन् । ‘आजको अन्तर्राष्ट्रिय माहोललाई ध्यानमा राख्दै, आफ्ना कैयौँ वर्तमान चुनौतीहरूलाई सम्बोधन गर्न चीनसँगको गहिरो सहयोग रुसका लागि अति नै महत्त्वपूर्ण छ,’ उनी भन्छन् । 

अमेरिकी राष्ट्रपतिसँगको वार्तामा पनि चिनियाँ नेताको हात माथि रहेको देखिन्थ्यो । विश्वका बाँकी देशहरूसँगको बलियो व्यापार सम्बन्ध र दुर्लभ खनिज पदार्थ र उन्नत उत्पादनमा चीनको उपस्थितिले उनलाई अग्रता दिएको छ । ट्रम्पको अस्थिरताका कारण चीनले आफूलाई वासिंगटनको तुलनामा बराबरीकै स्तरमा पाएको छ ।

अनि ट्रम्प र पुटिन दुवैसँगको कुराकानीमा सीले महँगो युद्धमा फसेका नेताहरूको सामना गरे । यी दुवै नेताहरूले एउटा/एउटा  युद्ध सुरु गरे । तर ती युद्ध उनीहरूले सोचेभन्दा लामो समयसम्म चलिरहेको छ । ट्रम्पको हकमा, मध्यपूर्व युद्ध (पश्चिम एसिया) विश्वव्यापी संकटमा परिणत भएको छ, जसले स्वदेशभित्र उनको लोकप्रियतालाई कमजोर बनाएको छ । 

पुटिनको कुरा गर्नुपर्दा, युक्रेनमा आक्रमण गर्न थालेको चार वर्ष पूरा भइसकेको छ । यसले रूसलाई एक्लो बनाएको छ । उसको आफ्नै जनता अप्ठ्यारामा छन् । दुवै अवस्थामा स्पष्ट रूपमा महसुस भएको कुरा यही थियो कि, विश्वव्यापी मञ्चमा कसरी र कुन सर्तहरूमा सम्बन्ध सञ्चालन गर्ने भन्ने स्वर र सर्तहरू तय गर्ने शक्ति चीनसँग छ ।

सीको ‘चिनियाँ सपना’

पाँच वर्षअघि मात्र कूटनीतिक एक्लोपनको संघारमा उभिएको देशका लागि यो उल्लेखनीय परिवर्तन हो । महामारीका कारण चीनको सिमाना बन्द गरिएको थियो । त्यतिबेला पहिलो कार्यकालमा रहेका ट्रम्पले कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भने । ‘वुल्फ वारियर’ कूटनीतिमा चिनियाँ कूटनीतिज्ञहरू र सरकारी सञ्चारमाध्यमहरूले पश्चिमी आलोचकहरूलाई चुप लगाउन आक्रामक भाषा प्रयोग गरे । स्थिति यतिसम्म पुग्यो कि; पश्चिमसँगको चीनको सम्बन्ध तीव्र रूपमा बिग्रियो । 

शिनजियाङमा गम्भीर मानवअधिकार उल्लङ्घन र हङकङमा चीनको बढ्दो नियन्त्रणलाई लिएर अन्तर्राष्ट्रियस्तरमा आलोचना पनि बढ्यो र पश्चिमी देशका सरकारहरूले चिनियाँ सामानहरूमा प्रतिबन्ध र निर्यात नियन्त्रण लगाए । यसको जवाफमा चीनले प्रतिशोधात्मक प्रतिबन्ध लगायो । तर पाँच वर्षपछि, चीनले आफूलाई विश्वव्यापी कूटनीति र व्यापारको एक आवश्यक केन्द्रका रूपमा पुनः स्थापित गरेको छ । नियन्त्रण गर्नुपर्ने समस्याको रूपमा हेरिनुको सट्टा, चीन सम्बन्ध राख्न जरुरी भएको शक्ति बन्यो । 

xi-trump

चीनले आफ्नो कूटनीतिक शैलीलाई नरम बनाएको छ । केही असहज वास्तविकताहरू महसुस गरेर पनि चीनले यसो गरेको हुन सक्छ । चीनको अर्थतन्त्र सुस्ताइरहेको छ । यसको अर्थ यसलाई थप विदेशी लगानी र बाह्य व्यापार चाहिन्छ, जसको लागि अरू देशहरू यसले स्थिर सम्बन्ध बनाउनु आवश्यक छ । चीनको अत्यधिक टकरावपूर्ण दृष्टिकोणले दक्षिण कोरिया, फिलिपिन्स र भियतनामजस्ता क्षेत्रका प्रमुख व्यापारिक साझेदारहरूलाई अमेरिकाको नजिक धकेलिरहेको थियो । 

तर समय महत्त्वपूर्ण छ । जबदेखि डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हाले चीनले अस्ट्रेलिया, क्यानडा र बेलायतसँग सम्बन्ध सुधार्‍यो । यी सबै प्रमुख अमेरिकी सहयोगीहरू हुन् । क्यानडा, बेलायत र जर्मनीका नेतासहित धेरै विश्व नेताहरूले विश्वको दोस्रो ठुलो अर्थतन्त्रसँग सम्झौता गर्न चीनको रातो कार्पेटमा हिँडे । विगत एक दशकदेखि सीले आफ्ना जनतालाई ‘चिनियाँ राष्ट्रको महान पुनरुत्थान’तर्फ काम गर्ने बाचा गर्दै आएका छन् । गत हप्ता चीनमा जे देखियो, यसमा चिनियाँ नेता यस्तो व्यक्ति बने जोसँग सबै भेट्न चाहन्थे । 

तर यो भ्रमणले चीनको कूटनीतिक शक्तिको सीमिततालाई पनि प्रकाश पार्छ ।

कमजोर कूटनीतिक सन्तुलन

दुई नेतासँगको भेटमा सीले एउटा मात्र युद्धको उल्लेख गरे, मध्यपूर्वमा जारी संघर्ष । उनले पुटिनलाई इरानमा युद्धको पूर्ण अन्त्य अत्यन्त आवश्यक छ भने । तर रुसले युक्रेनमा गरेको आक्रमणबारे चुक्क बोलेनन् ।

सी र पुटिन दुवैले ‘अन्य देशहरू विरुद्ध विश्वासघाती सैन्य आक्रमण, त्यस्ता आक्रमणहरूको तयारी गर्न वार्ताको पाखण्डी प्रयोग, सार्वभौम देशहरूका नेताहरूको हत्या, यी देशहरूमा घरेलु राजनीतिक अवस्थाको अस्थिरता र शासन परिवर्तनको उक्साहट, र मुद्दाको लागि देशका नेताहरूको स्पष्ट अपहरण’को निन्दा गरे । यसको प्रभाव ग्रेट हल अफ द पिपलभन्दा बाहिर पुग्न सक्छ । 

चीनले युक्रेन युद्धमा तटस्थ अडान कायम राख्ने प्रयास गरेको छ । तर अमेरिका र युरोप दुवैले चीनलाई रूसको ‘आर्थिक जीवनरेखा काट्न’ आग्रह गरेका छन् । तर चीनलाई डर छ कि यदि पुटिनले युद्ध हारे भने यसले एक प्रमुख सहयोगी गुमाउनेछ ।

चीनले अन्यत्र चलिरहेको द्वन्द्व अन्त्य गर्न आह्वान गर्दै र अमेरिकी कारबाहीलाई निशाना बनायो, तर लाखौं मान्छे मारिइरहेका युक्रेनको मुद्दामा यसको मौनताले युरोपमा चीन कति हदसम्म निष्पक्ष विश्वव्यापी खेलाडीको रूपमा काम गर्न इच्छुक वा सक्षम छ भन्ने देखाएको छ । चीनले युक्रेन युद्धमा तटस्थ अडान कायम राख्ने प्रयास गरेको छ । तर अमेरिका र युरोप दुवैले चीनलाई रूसको ‘आर्थिक जीवनरेखा काट्न’ आग्रह गरेका छन् ।
तर चीनलाई डर छ कि यदि पुटिनले युद्ध हारे भने यसले एक प्रमुख सहयोगी गुमाउनेछ । यसबाहेक ठुलो छिमेकीमा आउन सक्ने कुनै पनि अस्थिरताबारे पनि ऊ चिन्तित छ । समीर पुरीले भने, ‘स्पष्ट छ कि यसको बारेमा सी चिनफिङले केही नभनेर सजिलो बाटो रोज्न सक्छन् । यसको अप्रत्यक्ष अर्थ यही हो कि रूसले आफ्नो आक्रामकता जारी राख्नुपर्छ ।’ यदि युद्धविराम वा युद्धपछिको भविष्यबारे कुनै छलफल भए आफू छक्क पर्ने समीरले बताए ।

putin-xi

चीनले युक्रेनमा रूसको युद्ध सन्दर्भमा आफ्नो प्रभाव प्रयोग गर्न चाहन्छ कि चाहँदैन भन्ने अस्पष्ट प्रश्न रहेको आफूले मानेको पनि उनले बताए । यसविपरीत इरानमा भएको युद्धले चिनियाँ हितलाई हानि पुर्‍याउँछ । चीनसँग तेल भण्डार छ, त्यसैले स्टे«ट अफ होर्मुज अवरुद्ध गरिए संकटको कुनै अन्त्य देखिँदैन । 

चीनले विश्व मञ्चमा अझ केन्द्रीय भूमिका खेल्न खोजिरहेको छ । तर एउटा युद्धलाई समाप्त गर्ने अपिल गर्ने अनि अर्को युद्धको विषयमा मौन रहनुले सीको विश्वसनीयतालाई कमजोर बनाउँछ । यसले युरोपसँगको सम्बन्धलाई पनि जोखिममा पार्छ, जबकि चीनले आफ्नो निर्यातमा निर्भर अर्थतन्त्रलाई समर्थन गर्न यी सम्बन्धहरूलाई बलियो बनाउन खोजिरहेको छ । 

कमेन्टहरु