राहदानी लिन दूतावास धाउनुपर्ने बाध्यता घट्यो, इमिरेट्स पोस्टबाट घरमै डेलिभरी

कबिराज राजबंशी
सारांश

दुबई, यूएई| २६ सेप्टेम्बर, २०२६
यूएईमा रहेका नेपाली सेवाग्राहीका लागि नेपाली महावाणिज्यदूतावास, दुबईले नयाँ राहदानी प्राप्त गर्ने प्रक्रिया थप सहज बनाएको छ। अब राहदानी तयार भएपछि सेवाग्राहीले चाहेमा इमिरेट्स पोस्टमार्फत आफ्नै ठेगानामा राहदानी प्राप्त गर्न सक्नेछन्।
महावाणिज्यदूतावासले शुक्रबार जारी गरेको सूचनाअनुसार राहदानी लिन दूतावाससम्म आउँदा लाग्ने समय, यात्रा तथा अन्य खर्चलाई ध्यानमा राख्दै हुलाकमार्फत डेलिभरीको व्यवस्था गरिएको हो। यस सुविधाका लागि राहदानी आवेदनको बायोमेट्रिक दिने क्रममा सम्बन्धित आवेदकले महावाणिज्यदूतावासमा डेलिभरी फारम भरेर छाड्नुपर्नेछ। राहदानी तयार भएपछि दूतावासले इमिरेट्स पोस्टमार्फत आवेदकले उपलब्ध गराएको ठेगानामा पठाउनेछ।

राहदानी डेलिभरीका लागि VAT सहित १५.७५ दिराम शुल्क लाग्नेछ। दूतावासले यो सेवा अनिवार्य नभई स्वैच्छिक रहेको स्पष्ट पारेको छ। नयाँ राहदानी लिन दूतावासमै उपस्थित हुनुपर्ने अवस्थाका कारण समय निकाल्न कठिन हुने सेवाग्राहीका लागि यो विकल्प उपयोगी हुने देखिएको छ।

सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस, फेरि मिचियो वरियता

जिल्ला अदालत काठमाडौँले दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश

सुस्तामा दीर्घकालीन तटबन्धका लागि मन्त्रिपरिषद्मा बहुवर्षीय बजेटको माग

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले गरे नवनिर्मित विद्यालय भवनको उद्घाटन

पुर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले सहमहामन्त्री पदमा दिए उम्मेदवारी
अरुपनि पढ्नुहोस
सबै
काठमाडौंसहित यी पाँच प्रदेशमा असिनापानी र हावाहुरी

विश्वप्रकाश शर्माले वारिसमार्फत दर्ता गराए वरिष्ठ उपसभापतिमा उम्मेदवारी

दसैँका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी















