प्रतिनिधिसभा बैठक बस्दै

नवलपुर टुडे


काठमाडौं, जेठ ७ । प्रतिनिधिसभा बैठक बस्ने भएको छ । बैठक सिंहदरबारमा बिहान ११ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री एवम् विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियो भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
यसैगरी, मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
उक्त विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने छ । अर्थ मन्त्रीले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

बक्स अफिसमा ‘रामायण’को दबदबा कायमै, विश्वभर कमाइ १२०० करोड

‘छठले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता बलियो बनाउँछ’

‘छठ पर्वले सामाजिक सद्भाव र एकताको सन्देश दिन्छ’

छठी गीतको गुञ्जनमा भक्तिमय मिथिला
अरुपनि पढ्नुहोस
सबै
तराईको आँगनबाट राजधानीका जलाशयसम्म छठको रौनक फैलिए

सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार

बाँदरको हैरानीले किसान अदुवा खेतीतर्फ आकर्षित

















