पोखराको अमरसिंह चोकका ५२ वटै टहरा हटाइए

नवलपुर टुडे


गण्डकी, जेठ ६ । पोखराको अमरसिंह चोकमा अमरसिंह माविको जग्गामा रहेका ५२ वटै टहरा हटाइएको छ । गत वैशाख २९ गते सर्वपक्षीय हस्ताक्षरसहित जेठ ४ गतेभित्र व्यवसायीहरूले आफैँ टहरा हटाउने र जेठ ५ गते महानगरपालिकाले डोजर प्रयोग गर्ने सहमति अनुरुप सबै टहरा हटाइएको पोखरा महानगरपालिका–१२ का अध्यक्ष सन्तोष बाँस्तोलाले जानकारी दिनुुभयो । उक्त स्थानमा विसं २०३८ देखि टहरा बनाएर बस्न थालिएको थियो ।
अमरसिंह माविको नाममा रहेको यहाँको जग्गा विद्यालयले नै भाडामा लगाएपछि व्यवसायीले भाडामा लिएर टहरा निर्माण गरी विभिन्न व्यवसायहरू गर्दै आएका थिए । व्यावसायिक टहरा व्यवस्थापन गर्ने कार्यमा महानगर प्रमुखसहित अमरसिंह माविका प्रधानाध्यापक, निवर्तमान विद्यालय व्यवस्थापन समिति, व्यवसायी तथा सञ्चारकर्मी सबैको साथ र सहयोग रहेको उहाँको भनाइ छ ।
खाली गराइएको स्थानको आगामी दिनमा कसरी उपयोग गर्ने सम्बन्धमा विद्यालयका पूर्वप्रधाध्यापक, पूर्वव्यवस्थापन समितिका अध्यक्ष, पोखरा महानगरपालिका शिक्षा महाशाखालगायत सम्बद्ध सबैलाई राखेर छलफल गरी निष्कर्षमा पुग्ने योजना रहेको उहाँले बताउनुुभयो ।

रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

बक्स अफिसमा ‘रामायण’को दबदबा कायमै, विश्वभर कमाइ १२०० करोड

‘छठले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता बलियो बनाउँछ’

‘छठ पर्वले सामाजिक सद्भाव र एकताको सन्देश दिन्छ’

छठी गीतको गुञ्जनमा भक्तिमय मिथिला
अरुपनि पढ्नुहोस
सबै
तराईको आँगनबाट राजधानीका जलाशयसम्म छठको रौनक फैलिए

सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार

बाँदरको हैरानीले किसान अदुवा खेतीतर्फ आकर्षित

















