अमेरिकाबाट एफ–३५ र एफ–१५एल लडाकु विमान किन्ने योजना इजरायलद्वारा स्वीकृत

एजेन्सी
२०८३ बैशाख २० | मध्यान्ह ०४:०१ बजे

तेल अभिभ । मध्यपूर्वी देश इजरायलले अमेरिकाबाट नयाँ लडाकु विमान खरिद गर्ने योजना अन्तिम रूपमा स्वीकृत गरेको छ । अन्तर्राष्टिय समाचार संस्था रोयटर्सले आइतबार छापेको समाचार अनुसार इजरायलको रक्षा मन्त्रालयले दुई नयाँ स्क्वाड्रनका एफ–३५ लाइटनिङ र एफ–१५ एल विमान किन्ने निर्णयलाई अनुमोदन गरेको हो । यो सम्झौता अमेरिकी कम्पनी लकहिड मार्टिन र बोइङको बीचसँग हुने बताइएको छ । सम्झौताको मूल्य दशौँ अर्ब शेकेल बराबर हुने अनुमान गरिएको छ ।
अमेरिका र इजरायल इरानसँग दुई महीनाभन्दा लामो समयदेखि युद्धमा रहेकै समयमा हतियार खरिद सम्झौताले मञ्जुरी पाएको हो ।

















