बिश्व

२२ करोड डलरको तेल बोकेको इरानी सुपरट्यांकरले छल्यो अमेरिकी नाकाबन्दी

एजेन्सी
२०८३ बैशाख २० | मध्यान्ह १२:०१ बजे

तेहरान । इरानको राष्ट्रिय ट्यांकर कम्पनीको स्वामित्वमा रहेको कच्च तेल बोृक्ने ठूलो जहाज भीएलसीसी एशिया प्रशान्त क्षेत्रमा प्रवेश गरेको छ । अमेरिकी नौसेनाको नाकाबन्दी छल्दै जहाज एशिया–प्रशान्त क्षेत्रमा प्रवेश गरेको बताइएको छ । ट्यांकर ट्रयाक गर्ने संस्था ट्याङ्करट्रयाकरडटकमलाई उद्धृत गर्दै अल जजिराले यो समाचार सार्वजनिक गरेको हो । 

उक्त जहाजले करिब १९ लाख ब्यारेल कच्चा तेल बोकेको र यसको मूल्य झण्डै २२ करोड डलर भएको बताइएको छ । सो जहाजलाई एक साताअघि श्रीलंका नजिकै देखिएको थियो । हाल उक्त ट्यांकर लोम्बोक स्ट्रेट हुँदै रियाउ द्वीपसमूह तर्फ गइरहेको जनाइएको छ । ट्यांकर ट्रयाकर्सका अनुसार भीएलसीसी अप्रिल १३ मा इरानी जलक्षेत्रमा थियो, त्यही दिन अमेरिकी जलसेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी घोषणा गरेको थियो । 

साथै, जहाजले मार्च २० पछि आफ्नो अटोमेटिक आइडेन्टिफिकेशन सिस्टम (एआईएस) बन्द राखेको थियो, जुन उसले स्ट्रेट अफ होर्मुजबाट इरानतर्फ जाँदा बन्द गरेको बताइएको छ । 

यसअघि अप्रिल २९ मा इरानी सरकारी सञ्चारमाध्यमहरूले कम्तीमा ५२ इरानी जहाजहरूले अमेरिकी नाकाबन्दी तोडेको दाबी गरेका थिए । तर अमेरिकी सेनाले भने नाकाबन्दी सुरु भएयता इरानसँग सम्बन्धित करिब ४१ जहाजलाई फर्कन बाध्य बनाइएको जनाएको छ ।

कमेन्टहरु