ट्रम्पलाई धम्की दिएको भन्दै एफबीआईका पूर्वनिर्देशक जेम्स कोमीमाथि मुद्दा


मुद्दा चलाइएको छ । गत वर्ष सामाजिक सञ्जालमा उनले पोस्ट गरेको एउटा फोटोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धम्क्याएको भनेर सो मुद्दा हालिएको हो ।समुद्र किनारमा सिपीहरूलाई मिलाएर ‘८६ ४७ ’ लेखिएको तस्बिर कोमीले २०२५ को मे महिनामा इन्स्टाग्राममा पोस्ट गरेका थिए । समुद्री किनारमा हिँडिरहको बेलामा सिपीको चित्र भन्दै कोमीले फोटोमा क्याप्शन लेखेका थिए । उत्तर क्यारोलिनाको संघीय ग्रान्ड जूरीले अहिले कोमीमाथि सो पोस्टका कारण मुद्दा चलाएको हो ।
पछि उनले सो तस्बिर राखेको पोस्ट हटाएका थिए । कोमीले एक भिडियो बयान जारी गर्दै वर्तमान अमेरिकी प्रशासनको निन्दा गरेका छन् । उनले आफू निर्दाेष भएको दाबीसमेत गरेका छन् ।
‘म अझै निर्दाेष छु, म अझै डराएको छैन र म अझै पनि स्वतन्त्र संघीय न्यायपालिकामा विश्वास गर्छु, त्यसैले अगाडि बढौँ,’ उनले भनेका छन् ।कोमीले सो तस्बिर पोस्ट गर्ने बित्तिकै फक्स न्यूजसँग कुरा गर्दै एफबीआई निर्देशकलाई त्यसको अर्थ हत्या हो भन्ने थाहा थियो भनेर ट्रम्पले जिकिर गरेका थिए । कोमीले सो आकृति आफूले नबनाएको र समुद्री किनारमा हिँड्दा भेटेको दाबी गर्दै आएका छन् ।
कोमीलाई तत्कालीन राष्ट्रपति बाराक ओबामाले एफबीआई निर्देशक नियुक्त गरेका थिए । ट्रम्पले पहिलो कार्यकालको चुनाव जित्न रूससँग साँठगाँठ गरेको भनेर कोमीले ट्रम्प राष्ट्रपति भएकै बेला छानबिन गरेका थिए । आफूलाई फसाउन छानबिन गरेको भन्दै ट्रम्पले कोमीको कटु आलोचना गर्दै आएका छन् ।






















