प्रबास

अस्ट्रेलियामा विमान ठोक्किँदा २ जनाको मृत्यु

एजेन्सी
२०८३ बैशाख १६ | मध्यान्ह ०५:०१ बजे

सिड्नी । अस्ट्रेलियाको एडिलेडस्थित प्याराफिरल्ड विमानस्थलमा सानो विमान ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बुधबार स्थानीय समयअनुसार दिउँसो भएको दुर्घटनामा ट्विन–इन्जिन डाइमन्ड डीए ४२ विमान ह्याङ्गरमा ठोक्किएपछि आगलागी भएको थियो ।

दुर्घटनापछि विमान पूर्ण रूपमा जलेको बताइएको छ । दक्षिण अस्ट्रेलियाका प्रिमियर पिटर मालिनाउस्कसले सामाजिक सञ्जालमार्फत ‘केही अन्य व्यक्ति घाइते भएको’ जानकारी दिएका छन् ।

घटनापछि आसपासको क्षेत्र खाली गराइएको छ र आपतकालीन सेवाहरू घटनास्थलमा परिचालित छन् । दुर्घटनाको कारण पत्ता लगाउन अस्ट्रेलियाली यातायात सुरक्षा ब्युरो (एटीएसबी) ले अनुसन्धान सुरु गरेको छ । 

उक्त विमानमा सामान्यतया चार जनासम्म यात्रु बस्न सक्ने क्षमता हुन्छ । अधिकारीहरूका अनुसार ह्याङ्गरमा लागेको आगो नियन्त्रणमा आइसकेको छ भने विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ ।प्याराफिरल्ड विमानस्थल मुख्यतः साना विमान र उडान तालिमका लागि प्रयोग हुने अस्ट्रेलियाका व्यस्त विमानस्थलहरूमध्ये एक हो । 

कमेन्टहरु