समाज

पश्चिम नवलपरासीको विकासका लागि सांसदहरूको साझा संकल्प

पुरुषोत्तम सुवेदी
२०८३ बैशाख १६ | मध्यान्ह १२:०१ बजे

बैशाख १६ गते । पश्चिम नवलपरासीको समग्र र चौतर्फी विकासका लागि जिल्लाका संघीय सांसदहरूले दलीय स्वार्थभन्दा माथि उठेर एकमत हुने संकल्प गरेका छन् । बुधबार सुनवल नगरपालिकाद्वारा आयोजित “समन्वय, सहकार्य र विकासका लागि साझा प्रतिबद्धता” विषयक विशेष कार्यक्रममा जनप्रतिनिधिहरूले यस्तो प्रतिबद्धता जनाएका हुन्।

कार्यक्रममा बोल्दै संघीय सांसद विक्रम खनालले “जिल्लाका ठूला योजनाहरू र अलपत्र परेका पूर्वाधारका कामहरू सम्पन्न गर्न हामी सबै सांसदहरूले केन्द्रमा संयुक्त आवाज उठाउनुपर्छ। तिमी र म भन्नुभन्दा पनि हाम्रो स्वर एउटै हुनेछ” भन्नुभयो ।

कार्यक्रममा बोल्दै संघीय सांसद नरेन्द्र कुमार गुप्ताले “जिल्लाको विकास निर्माणमा साझा पहलकदमीको अभाव देखिँदै आएको थियो। अब हामी ठोस योजना र साझा मुद्दा लिएर अगाडि बढ्नेछौँ, जसले नवलपरासीको मुहार फेर्नेछ” भन्नुभयो ।

कार्यक्रममा बोल्दै संघीय सांसद रिंगला यादवले”शिक्षा, स्वास्थ्य र सामाजिक रूपान्तरणका लागि हामी सबैको सक्रिय सहकार्य आवश्यक छ। चौतर्फी विकासका लागि हामी एक ठाउँमा उभिएका छौँ” भन्नुभयो ।

सांसदहरूले जिल्लाका अधुरा आयोजनाहरू पूरा गर्न अब छुट्टाछुट्टै नभई संयुक्त रूपमा केन्द्रमा दबाब दिने बताएका छन्।

सुनवल नगरपालिकाकी नगर प्रमुख विमला अर्याल ले नगरपालिकाको विकास निर्माणको अवस्थाबारे विस्तृत प्रस्तुतीकरण राख्नुभएको थियो। उहाँले स्थानीय तहका स्रोतको सीमा र संघीय सरकारबाट अपेक्षित सहयोगबारे सांसदहरूलाई जानकारी गराउनुभयो। उहाँले भन्नुभयो, “विकासमा राजनीति नगरौँ, नगरको समृद्धिका लागि अभिभावकीय भूमिका खेलिदिनुहोस्।”

त्यस्तै, कार्यक्रममा उपप्रमुख सूर्यप्रसाद दुवे ले जिल्लाको विकास निर्माणको वर्तमान अवस्था, देखिएका व्यवधान र सुधारका पक्षहरूका बारेमा जानकारी गराउनुभयो।

यो कार्यक्रमले जिल्लाको विकासमा नयाँ आशा जगाएको र जनप्रतिनिधिहरूबीचको एकताले पश्चिम नवलपरासीको समृद्धिमा इँटा थप्ने विश्वास गरिएको छ।

तस्वीर —कार्यक्रम ।

WhatsApp Image 2026 04 29 at 12.42.22WhatsApp Image 2026 04 29 at 12.42.53WhatsApp Image 2026 04 29 at 12.42.12

कमेन्टहरु