ह्वाइट हाउस डिनर गोलीकाण्ड: संदिग्धको घरमा छापा

एजेन्सी
२०८३ बैशाख १३ | मध्यान्ह ०२:०१ बजे

वासिङ्टन डीसी । अमेरिकाको क्यालिफोर्नियास्थित टोरन्स क्षेत्रमा रहेको एक घर बाहिर संघीय अनुसन्धान विभाग (एफबीआई)का एजेन्ट र प्रहरीहरू परिचालन गरिएको छ । उक्त घर ह्वाइट हाउस संवाददाता डिनर गोलीकाण्डका सन्दिग्ध कोल टमस एलनसँग सम्बन्धित भएको बताइएको छ ।
घरभित्र खनतलासी भइरहेका बताइएको छ । घरबाहिर ठूलो संख्यामा सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरू जम्मा भएका छन् । छिमेकीका अनुसार एलन त्यहाँ बस्छन् कि बस्दैनन् भन्ने निश्चित छैन । केही दिनअघि मात्र उनलाई घरमा देखिएको बताइएको छ ।

















